विकासको नयाँ मोडल खोज्नुपर्ने जरुरीः अध्यक्ष प्रचण्ड

176

बैशाख ३१,
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकासका लागि नयाँ मोडेलको खोजी गर्नुपर्ने बताएका छन्।
एवम् पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूल हुने विकासको नयाँ मोडेल अघि बढाउनुपर्नेमा जोड दिए । यदि विकासको नयाँ मोडेल नखोज्ने हो भने मुलुक संकटमा फस्ने चेतावनी प्रचण्डले दिएका छन्।

मंगलबार ललितपुरमा सुरु भएको ‘अन्तराष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलन’लाई सम्बोधन गर्दै दाहालले संविधानको मर्म र भावना अनुकूल विकासको नयाँ मोडेल खोजी गर्न सबै पक्षलाई आह्वान गरेका छन्। ‘नयाँ राजनीतिक प्रणालीलाई स्थापित गराउने गरी हाम्रा कार्यशैलीहरुमा परिवर्तन नभए त्यो प्रत्यूत्पादक हुनेछ’, दाहालले भनेका छन्।

अध्यक्ष दाहालले सम्मेलनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कृषि उत्पादनलाई निष्तेज पारेर अग्र्यानिक कृषिबाली उत्पादनमा जोड दिनुपर्ने बताए। उनले यो सम्मेलनले त्यसका लागि ठोस योजना तय गर्ने विश्वास पनि व्यक्त गरेका छन्। २ दिनसम्म चल्ने सम्मेलनमा भारत, भुटान र क्युबालगायत मुलुकका प्रतिनिधि सहभागी छन्।