नायिका ऋचा शर्माले बिहे गर्दै

742

साउन २२,
काठमाडौं । नायिका ऋर्चा शर्मा विवाह गर्ने निर्णयमा पुगेकी छिन् । ऋचाले यही साल बिहे गर्ने खुलाएकी हुन् । ऋचा केही समययता राणा खानदानका युवासँगको प्रेममा छिन् । उनी प्रेम सन्तुष्टि रहेको बताउँछिन् ।उनले केहि समय अगाडी आफ्नो प्रेमीले निकै माया गर्ने बताइएकी थिइन् । ऋर्चालाई बिहे कहिले गर्ने भनेर सोध्दा कुनै संकोच नमानी ७६ साल भन्ने जवाफ दिदै आएकी छिन् । ऋर्चाको समकालीन साथी प्रियंका कार्की पनि यहिँ वर्ष बैवाहिक बन्धनमा बाँधिदैछिन् । ऋर्चाले पनि विवाह गर्ने निर्णय लिएकी छिन् ।

गतवर्ष ऋर्चाले हहर फिल्म ‘सुनकेसरी’ निर्माण गरेकी थिइन् । उनलाई यो फिल्मले सोचे जति सन्तुष्टि दिएन । अब उनले हहर फिल्म खेल्ने इच्छा समेत नभएको बताएकी छिन् । फिल्म निर्माण तिर नदेखिएकी ऋर्चाले यही वर्ष ‘पाङग्रा एक्सपेस्र’ मार्फत व्यवसाय तिर हात हालिन् । अब भने उनी घरजम गर्ने मुडमा पुगेकी हुन् ।