यस्तो आयो मध्यपुरमा ५३ जनामा कोरोना परीक्षणको रिर्पोट

2124

बैशाख २,
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले विदेशबाट फर्कीएकाहरुमा कोरोना संक्रमण नभ नभएको पत्ता लगाउन परीक्षण गरेको छ । नगरपलिकाको विभिन्न वडामा विदेशबाट फर्कीएका ५३ जनाको नमूना संकलन गरि नेपाल कोरिया फ्रेण्डसीप नगरपालिका अस्पतालमा कोरोना( कोभिड—१९)को परीक्षण गरिएको हो । अस्पतालका निर्देशक प्रा.डा ज्ञानकृष्ण श्रेष्ठका अनुसार उनीहरु सबैको नमूनाको रिर्पोट नेगेटीभ आएको बताए ।

मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक प्रा.डा श्रेष्ठले भने ‘समुदायमा आधारित भएर परीक्षण र निगरानी गर्ने क्रममा ५३ जनाको नमूना संकलन गरेका थियौं’ ।
ती मानिसहरुको परीक्षण विश्व स्वास्थ्य संगठनको प्रस्तावित कोरोना भाइरस आरटी पी सी आर विधिद्धारा गरिएको उनले जानकारी दिएका छन् ।

कोरोना संक्रमणको शंका लागेमा बिरामी ल्याएर नेपाल कोरिया फ्रेण्डसीप नगरपालिका अस्पतालको आइसोलेशन तथा उनीहरुको सम्पर्कमा रेहकालाई क्वारेन्टाइन वार्डमा राखिने छ ।
आइसोलेशनमा बस्नेहरु अन्यत्र भागेको सुनिएकोले मध्यपुरमा भने त्यसको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई गर्न आग्रह गरिएको नगरप्रमखु मदन सुन्दरले बताए ।

‘मध्यपुरमा नै रहेको सेनाको भैरव वहान गणलाई आग्रह गरिएको र अस्पतालले सेनाका सुरक्षा दस्तालाई बस्ने व्यवस्था गरिसकिएको छ,’ नगरप्रमुख श्रेष्ठले भने ।
कोरोना संक्रमणको नियन्त्रण गर्न नगरपालिकाले ३ करोड रुपैयाँको कोष निर्माण गरेको र नगरपालिकाद्धारा संचालित मैत्री अस्पताल सुविधा थप गर्न २ करोड छुट्याएको नगरप्रमुख श्रेष्ठले बताए । नेपाल कोरिया फ्रेण्डसीप नगरपालिका अस्पतालमा १६ शैयाको आइसोलेशन वार्ड र २० शैयाको क्वारेन्टाइन वार्ड तयार गरिएको समेत सो अवसरमा जानकारी दिएको छ ।