Saturday, September 26, 2026
Home समाचार एकै परिवार तीन जनामा कोरोना संक्रमणको आंशकाः कहाँबाट आएका थिए पेप्सीकोलामा

एकै परिवार तीन जनामा कोरोना संक्रमणको आंशकाः कहाँबाट आएका थिए पेप्सीकोलामा

321
सांकेतिक तस्विर

वैशाख १,
काठमाडौँ — काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ । र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि तीनैजनालाई पाटन अस्पतालमा भर्ना गरिएको र उनीहरुको स्वाब नमुना पिसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालका निर्देशक डा। विष्णुप्रसाद शर्माले बताए।

स्रोतका अनुसार उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो। अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अप्‍नाएको छ। र्‍यापिड टेस्टमा आएको नतिजा शतप्रतिशत सही नहुन पनि सक्ने विज्ञहरुले यसअघि नै बताइसकेका छन्। आइतबार र्‍यापिड टेस्टमा पोजिटिभ देखिएकी बाग्लुङकी एक महिलाको सोमबार पोखरामा गरिएको पिसिआर टेस्टमा भने नतिजा नेगेटिभ देखिएको थियो। प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको बताइएको छ। -कान्तिपुर