Sunday, October 11, 2026
Home समाचार ओखलढुंगामा काठमाडौँ आउदै गरेको स्कारपियो दुर्घटना, ६ को मृत्यु, ३ गम्भीर

ओखलढुंगामा काठमाडौँ आउदै गरेको स्कारपियो दुर्घटना, ६ को मृत्यु, ३ गम्भीर

68

चैत १७,
ओखलढुंगा -ओखलढुंगामा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ। खोटाङको हलेसीबाट काठमाडौं जाँदै गरेको बा १६च २२०७ नम्बरको स्कारपियो ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका -७ स्थित भण्डारे खोलामा दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा ताप्लेजुङ ओलाङचुङ गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए। घाइतेको उदयपुरको घुर्मिस्थित आस्था अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनका कारणबारे अनुसन्धान भइरहेको बताइएको छ। त्यस्तै काठमाडौं बौद्धका चालक कृष्ण श्रेष्ठ गम्भीर घाइते छन्।