Monday, September 28, 2026
Home अर्थ फूल खेतीबाट मनग्य आम्दानी

फूल खेतीबाट मनग्य आम्दानी

204

कात्तिक १२,
तनहुँ : तनहुँका युवाहरु फूल खेतीतर्फ आकर्षित भएका छन्। कम लागानीमा छिटो र उत्पादन राम्रो हुनका साथै आम्दानी मनग्य भएपछि युवाहरु आकर्षित भएका हुन्। विदेशमा गएर श्रम गरेजस्तै यहाँ पनि गर्न सके आयआर्जन हुन्छ भन्ने कुरा युवाहरुले बुझ्न थालेका छन्। त्यस्तै, भएको अहिले शुक्लागण्डकी नगरपालिका–८ डहरेका युवाहरुमा। वैदेशिक रोजगारी छोडेर अहिले सामूहिक रुपमा कृषि, पशुपालन र फूल खेतीमा लागेका छन्।वैदेशिक रोजगारीमा सन्तुष्ट हुन नसकेपछि अहिले स्वदेशमै मेहेनतका साथ फूल खेतीमा रमाउन थालेका छन्। करिब ५/१० वर्ष वैदेशिक रोजगारीमा बिताएका उनीहरुले सामूहिक फूल खेती गरेर मनग्य आम्दानी लिन थालेका छन्। वडाका केशवराज श्रेष्ठ, सूर्यकुमार श्रेष्ठ, भरतराज सिंह ठकुरी, उज्ज्वल श्रेष्ठ, राजु श्रेष्ठ, हेमबहादुर सिंह ठकुरीले करिब तीन रोपनी जमिनमा सयपत्री फूल खेतीबाट राम्रो उत्पादन गरेका छन्। कुनै समय करेसा र आँगनको शोभाका लागि लगाइने फूलबाट आम्दानी हुने देखेर युवाहरु व्यावसायिक खेतीमा लागेको बताउँछन्। ‘विभिन्न कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग बढ्न थालेपछि व्यावसायिक रुपमा गर्दा आम्दानी हुन्छ भन्ने लागेपछि यसतर्फ लागेका हौं,’ उनीहरुले भने, ‘फूल आयातको सट्टामा निर्यात हुन्छ, जिल्लामै फुलको खपत पनि हुने भएपछि यसमा लागेका हौं, तिहारमा यो फूल अझ बढी खपत हुन्छ, यसले हामीलाई उत्साह थपेको छ।’