भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि मुल्य एकैदिनमा २९ प्रतिशतले बढ्यो

198

असोज १३
काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मूल्य आकासिएको छ। कालिमाटी तरकारी बजारका अनुसार आइतबारको तुलनामा आज प्याजको मूल्य २८।५७ प्रतिशतले बढेको हो। आइतबार कालिमाटी बजारमा प्रतिकेजी प्याजको मूल्य १ सय ५ रुपैयाँ थियो। भारतीय सञ्चार माध्यममा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको समाचार आएपछि सोमबार प्रतिकेजी प्याजको मूल्य १ सय ३५ रुपैयाँ पुगेको छ।

भारतमा वर्षाका कारण रोपिएको प्याज नष्ट भएपछि मूल्य बढ्न थालेको हो। स्थानीय बजारमै प्याजको मूल्य बढ्न थालेपछि सरकारले निर्यात हुने प्याजमा प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतमा प्याजको मूल्य बढ्दा त्यसको मारमा नेपाली उपभोक्ता परेका छन्। बजारमा उपभोक्ताले प्याज प्रतिकिलो १ सय २० रुपैयाँसम्म हालेर किन्नु परेको छ। नेपालमा खपत हुने परिमाणमध्ये झन्डै ९८ प्रतिशत भारतका नासिक, कानपुर, इन्दौंर, लखनउ, र सिमलालगायत स्थानबाट प्याज आयात हुन्छ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ मा ५ अर्ब ६२ करोड २५ लाख रुपैयाँको प्याज आयात भएको थियो। काठमाडौं उपत्यकामा मात्रै दैनिक २ सय ७० मेट्रिक टन खपत हुन्छ।