Friday, September 18, 2026
Home अर्थ शेयर बजारमा २.०१ अङ्कको सामान्य वृद्धि

शेयर बजारमा २.०१ अङ्कको सामान्य वृद्धि

83

चैत २०,
काठमाडौँ– मङ्गलबार दोहोरो अङ्कको वृद्धि भएको शेयर बजार आज भने सामान्य अङ्कले मात्र वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.०१ बिन्दुले बढेर एक हजार १६५.८४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.५७ बिन्दुले बढेर २४८.७२ बिन्दुमा पुगेको छ ।

धितोपत्र बजारमा आज कूल १७० कम्पनीका २० लाख २९ हजार १५ कित्ता शेयर रु ५४ करोड ५८ लाख १८ हजार ६१९ मा खरीदबिक्री भए । कारोबार भएका दश उपमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ ४.५३ र विकास बैंक ६.११ बिन्दुले बढ्दा होटल १५.८१, जलविद्युत् ३.९६, वित्त २.०३, निर्जीवन बीमा ६.६१, उत्पादन ५.१२, अन्य ०.९२, लघुवित्त २.३९ र जीवन बीमा ३.८३ बिन्दुले घटेको छ । स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शेयधनीले ४.६४ प्रतिशतले कमाएका छन् ।

यस्तै कन्काई विकास बैंकका शेयरधनीले ४.१३, लक्ष्मी इक्युटी फण्डका शेयरधनीले ३.८८, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर धनीले २.८३ र साङ्ग्रिला विकास बैंकका शेयरधनीले २.८० प्रतिशतले कमाएका छन् ।

त्यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.८४, सिन्धु विकास बैंकका शेयरधनीले ४.९२, घलेम्दी हाइड्रो लिमिटेटका शेयरधनीले ४.६३, हिमालय पावर पार्टनर लिमिटेडका शेयरधनीले ३.६८ र भागर्व विकास बैंकका शेयरधनीले ३.६८ प्रतिशतले गुमाएका छन् ।-रासस