Sunday, September 27, 2026
Home समाचार प्रहरीले विप्लव समूहको गोदाममा छापा मार्दा २५ किलो विस्फोटक पदार्थ बरामद

प्रहरीले विप्लव समूहको गोदाममा छापा मार्दा २५ किलो विस्फोटक पदार्थ बरामद

141

असोज १३,
काठमाडौं । प्रहरीले झापामा विप्लव समूहले विस्फोटक पदार्थ भण्डारण गरेर राखेको गोदाममा छापा मारेको छ । गोदामबाट बारुदजन्य विस्फोटक पदार्थ ठूलो मात्रामा बरामद भएको प्रहरीले जनाएको । झापाको अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थित एक व्यक्तिको घरमा भण्डारण गरेको गोदाममा जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको संयुक्त टोलीले छापा मारेको हो । प्रहरीका अनुसार जुटको बोरामा लुकाईछिपाई भण्डारण गरी राखेको अवस्थामा नियोजेल लेखिएको २०५ लोला ‘हाइ एक्सप्लोसिभ’ बरामद गरिएको छ ।

झण्डै २५ किलो विस्फोटक पदार्थ विप्लव समूहले विभिन्न क्षेत्रमा विस्फोटनका लागि त्यहाँ भण्डारण गरेर राखेको एक प्रहरी अधिकारीले बताए । उक्त विष्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधी भनी विप्लव समूहको झापा जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविन मिश्र, जिल्ला इन्चार्ज सुमन सिंह पौडेल, जिल्ला जनसरकार प्रमुख ९जिल्ला सदस्य० टिका पोखरेलले एक महिनाअघि स्थानीयको घरमा भण्डारण गरेर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार एक महिनाअघि मात्रै बरामद गरिएको विस्फोटक पदार्थ भण्डारण गरिएको थियो ।