चाडवाडको वेला ढुवानी रोक्ने मजदुरको चेतावनी, अहिले आन्दोलन गर्ने वेला होईन : उपभोक्तावादी

220

भदौ २२,
काठमाडौं । सामाजिक सुरक्षा कोष र सरकारले तोकेको तलव सुविधा नपाएको भन्दै ढुवानी मजदुरले चाडपर्वको समयमा पेट्रोलियम पदार्थ ढुवानी रोक्ने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थ ढुवानी व्यसायीले मजदुरलाई सरकारले तोकेको तलव सुविधा नदिएको भन्दै मजदुरले पेट्रोलियम पद्धार्थको ढुवानी नै बन्द गर्ने चेतावनी दिएर विज्ञप्ती निकालेका छन् ।
नेपालीहरुले धुमधामसंग मनाउँने विजया दशमी, शुभ दिपावली छट जस्ता ठुला पर्व आईरहेका समयमा आन्दोलन शुरु हुंदा कृतिम अभाव श्रृजना गरेर बढी मूल्यमा बिक्री गर्नेदेखि मौका छापेर कालो वजारी गर्ने गिरोह सक्रीय हुने भन्दै नेपाल आयल निगमले वार्ताद्धारा समस्याको समाधान निकाल्न मजदुर र टेङ्कर व्यवसायीलाई आग्रह गरेको छ । चाडवाडको समयमा कामको सिलसिलामा बाहिर बस्नेहरु अधिकाँश घर जाने भएकाले सामान्य अवस्थामा भन्दा पेट्रोलियम पर्दाथको माग दोव्वरले बढी हुने गर्छ ।

यस्तो वेलामा आन्दोलन भए सर्वसाधारण उपभोक्ता अफ्ठ्यारोमा पर्ने भन्दै बिभिन्न उपभोक्तावादी संघ संस्थाले पनि यो समयमा आन्दोलन नगर्न आग्रह गरेका छन् । नेपालीहरुको महान चाड दशै आउँन तीन सातामात्र रहेको अवस्थामा घोषणा गरिएको आन्दोलनले मजदुरलाई फाईदा नगर्ने भन्दै उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाले आम उपभोक्ताको हितलाई मध्यनजर राख्दै आन्दोलन स्थगित गर्न आग्रह गर्नुभयो ।

दशैको मुखमा आन्दोलन भए घर जान ठिक्क परेका लाखौं सर्वसाधारण प्रभावित हुने उल्लेखगर्दै बानियाले सम्बन्धित निकायले समस्या समाधानमा गम्भिरता पूर्वक ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अखिल नेपाल मजदुर संघले एक विज्ञप्ती निकालेर नेपाल सरकारले तोकेअनुसारको सेवा सुविधा नपाएकाले ढुवानी रोक्ने चेतावनी दिएको हो । नेपाल आयल निगमले भने सरकारले तोकेको सेवा सुविधा दिएर मजदुरका समस्याको हल गर्न ढुवानी व्यवसायीलाई आग्रह गरेको छ । निगमले एक विज्ञप्ती प्रकाशित गरी न्यूनतमा पारिश्रमीक र सामाजिक सुरक्षा सम्बन्धी सेवा सुविधा नपाएको मजदुरकोे गुनासो देखिएकाले सोको समाधान गर्न आग्रह गरेको छ ।

मजदुरका समस्या वार्ता र छलफबाट समाधान गर्न पनि निगमले आग्रह गरेको छ । निगमद्धारा प्रकाशित विज्ञप्तीमा आउँँदो चाडपर्वहरुमा पेट्रोलियम पदार्थ मागमा हुने अत्याधिक वृद्धि समेतलाई ख्यालमा गर्दै पेट्रोलियम पदार्थको सहज र सरल आपूर्ति एवं विक्रि वितरण व्यवस्था बनाई राख्ने कार्यमा सहयोग गर्न आग्रह गरिएको छ । पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका व्यवसायीहरुले भने आफुले ढुवानी मजदुरका समस्या समाधान गर्ने पहल गरिराखेको बताएका छन् ।