एसीसी यू-१९ एसिया कप क्रिकेटः नेपालले श्रीलंकालाई दियो १६० रनको लक्ष

210

भदौ २०,
काठमाडौँ । अन्डर १९ एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंका सामु १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले वर्षाले प्रभावित भएपछि ४२ ओभरमा छोट्याइएको खेलमा ९ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको हो । नेपालका लागि ओपनर रित गौतमले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ८६ बलमा चार चौका हिर्काए ।

कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाउँदै तेस्रो विकेटका लागि गौतमसँग ९१ रनको महत्वपूर्ण साझेदारी गरे । त्यस्तै, रसिद खानले १५ तथा हरिबहादुर चौहानले १२ रनको योगदान दिए । श्रीलंकाका लागि दिलसान मदुशंका र नाभोद दिनसुरीले ३–३ विकेट लिए ।