Sunday, October 18, 2026
Home राजनीति प्रधानमन्त्री ओली सिंगापुरबाट फर्किनेबित्तिकै प्रचण्डसँग भेट

प्रधानमन्त्री ओली सिंगापुरबाट फर्किनेबित्तिकै प्रचण्डसँग भेट

165

भदौ २०
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार दिउँसो भेट भएको छ। प्रधानमन्त्री सिंगापुरबाट फर्किएलगत्तै प्रचण्ड उनलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। भेटघाटमा प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

भेटमा प्रचण्डले पछिल्लो राजनीतिक गतिविधि,पार्टीका सकिएको र बाँकी कामबारे जानकारी गराएका थिए। आफू उपचारका लागि सिंगापुरमा रहँदा पार्टीका सबै काम अर्का अध्यक्ष प्रचण्डले गर्न सक्नेगरी प्रधानमन्त्रीले प्रचण्डलाई ‘कार्यकारी’ अधिकार सुम्पिएका थिए।