धमलाकी पत्नीले पतिको गोडाको पानी खाँदा बनिन् ट्रोलको शिकार

372

भदौ १७,
काठमाडौं । हिन्दु महिलाको महान् चार्ड हरितालिका तीजमा श्रीमान्को दिर्गायुको कामना गर्दै पत्नी निर्जला व्रत लिन्छन् । धार्मिक परम्पराअनुसार श्रीमान्को गोडाको पानी खाएर व्रत तोड्ने चलन रहेको छ ।

आधुनिक जमनामा धार्मिक कुरालाई खासै ध्यानमा राखिदैन । त्यहि भएर होला चर्चित पत्रकार ऋषि धमलाकी पत्नी नायिका एलिजा गौतम ट्रोलको शिकार भएकी छिन् । उनले आफ्नो व्रत श्रीमान्को गोडाको पानी खार्दै तोडेको केहि तस्बिर र भिडिओ सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छिन् । श्रीमान्को गोडाको पानी खाएकै कारण धमला दम्पती ट्रोलमा छाएका छन् ।

यो तस्बिरले ऋषि धमलाको सामन्ती व्यवहार देखाएको धेरैको भनाई छ । ट्रोलरले धमलाले पत्नीलाई जीवनसाथीको रुपमा स्विकारेको होकी दास या कुमारीको रुपमा भन्ने खालका प्रश्न गर्दै ट्रोल बनाएका छन् । धमलाकी पत्नीले यसको खण्डन गर्दै फेसबुकमा स्टाटस लेखेकी छिन् । उनले धार्मिक कुरालाई मान्दा आफुलाई आत्मसन्तुष्टि मिल्ने बताउदै लेखेकी छिन्, ‘मलाई खुशी लाग्छ मेरो श्रीमान्लाई यस्तो गर्न पाउदा भने अरुलाई किन टाउको दुखाई’ ।