जिग्री र पाँडेको नयाँ हाँस्य टेलिशृंखलाको नाम ‘सक्किगोनी’

564

भदौ २५,
काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिशृंखला ‘भद्रगोल’का टिमले नयाँ हाँस्य टेलिशृंखला ल्याउने भएका छन् । भद्रगोल टिमले बुधबार काठमाडौंमा प्रेस मिट गर्दै भद्रगोलकै थिममा ‘सक्किगोनी’ हाँस्य टेलिशृंखला ल्याउने घोषणा गरेका हुन् । मिडिया हबसँगको विवादपछि समुहले नयाँ नामको हाँस्यव्यांग्य टेलिफिल्म ल्याउन बाध्य भएको हो ।

‘सक्किगोनी’ मा सबै जसो कलाकार भद्रगोलकै छन् । भद्रगोललाई दिपक आर्चायले निर्देशन गरेका थिए भने सक्किगोनी लाई पनि दिपक आर्चायले नै निर्देशन गर्नेछन् । टेलिशृंखलामा कुमार कट्टेल ९जिग्री०, अर्जुन घिमिरे ९पाँडे०, सागर लम्साल ९बले०, गोविन्द कोइराला ९जइन्ते०, हरि निरौला ९क्रकोज०, रक्षा श्रेष्ठ, दिपक आर्चाय, शंकर आर्चाय, लगायत कलाकारको अभिनय रहने छ ।

यो समुह नखेलेको भद्रगोलको पछिल्लो भागलाई युटुवमा लाइक कम डिस्लाइक ज्यादा आएको छ । सक्किगोनी असोज २ गते देखि नेपाल टेलिभिजन र युटुवमा प्रशारण हुनेछ ।