Sunday, September 27, 2026
Home मनोरन्जन ‘चपली हाईट ३’ बन्ने पक्का, स्वस्तिमा खड्का मूख्य भूमिकामा

‘चपली हाईट ३’ बन्ने पक्का, स्वस्तिमा खड्का मूख्य भूमिकामा

342

भदौ २५,
काठमाडौं । नेपाली थ्रीलर सिनेमा ‘चपली हाइट’ को तेस्रो शृङ्खला बन्ने पक्का भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमकाबिच सिनेमाको घोषणा गरियो। सिनेमामा अभिनेत्री स्वस्तिमा खड्काले प्रमुख भूमिका देखिनेछिन्। उनको जोडी नव-अभिनेता महेश त्रिपाठीसँग बाँधिएको छ । स्वस्तिमा र महेशका अलावा सिनेमामा सुपुष्पा भट्ट र नव-अभिनेता प्रतीक श्रेष्ठको अभिनय रहनेछ। यस सिक्वलमा पहिलो सिक्वलमा काम गरेका अभिनेता आमिर गौतम पुनः भित्रिएका छन्।

सिनेमाको तेश्रो श्रृखंलालाई यसपटक निकेश खड्काले निर्देशन गर्नेछन्। यसअघिका दुई श्रृखंललाई भने दीपेन्द्र के खनाललले निर्देशन गरेका थिए। सिनेमा चैतमा रिलिज गर्ने तयारीमा निर्माण पक्ष रहेको छ।