फेरी सिंगापुरबाट प्रधानमन्त्रीको मन्त्रीहरूसँग छलफल

61

भदौ १७,
काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्स प्रविधिमार्फत दोश्रो पटक क्याविनेट सदस्यहरुसँग छलफल गरेका छन् ।
आज १ बजेर १० मिनेटदेखि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी दिने र मन्त्रीहरुले आफ्नो कामका बारे प्रधानमन्त्रीलाई अपडेट गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छ ।

यसअघि भदौ ९ गते प्रधानमन्त्रीले पहिलो पटक मन्त्रीहरूसँग भिडिओमार्फत छलफल गरेका थिए। त्यतिबेला प्रधानमन्त्री र उनका सल्लाहकार रिमालले त्यो मन्त्रिपरिषद् बैठक भएको बताएका थिए।