मैत्रिपूर्ण खेलमा मेसीको ह्याट्रिक

126

जेठ १६,
विश्वकपको तयारीका रूपमा हेरिएको मैत्रिपूर्ण खेलमा अर्जेन्टिनाले फराकिलो जित निकालेको छ। बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले हाइटीलाई ४(० ले हराउँदा मेसीले ह्याट्रिक पूरा गरे। अर्जेन्टिनाको घरेलु मैदानमा भएको खेलमा घरेलु टिमको जितमा मेसी नायक देखिएका थिए। १७ औं मिनेटमा मेसीले पेनाल्टीमार्फत टिमलाई अग्रता दिलाए। पहिलो हाफमा अर्जेन्टिनालाई सहज हुन नदिएको हाइटीले दोस्रोे हाफमा भने सोही प्रदर्शनलाई दोहोर्‍यायो। दोस्रो हाफमा अग्रता दोब्बर बनाउने क्रममा ५८ औं मिनेटमा मेसीले नै दोस्रो गोल गरे। लगातार तेस्रो गोल पूरा गर्ने क्रममा मेसीले ६६ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पुर्‍याए। ६९ औं मिनेटमा सर्जियो अगुइरोले मेसी कै पासमा गोल गर्दै अर्जेन्टिनाको स्थिति ४(० मा पुर्‍याए। गएराति भएका अन्य खेलमा अमेरिकाले बोलिभियालाई ३(० ले हराउँदा मेक्सिको र वेल्सले गोलरहित बराबरी खेले।