Saturday, October 3, 2026
Home समाचार ठगी प्रकरण : पूर्वसांसद शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी

ठगी प्रकरण : पूर्वसांसद शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी

56

काठमाडौं : नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा प्रहरीले पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै करोडौँ रकम ठगी भएको यस प्रकरणमा पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलगायत १२ जना पक्राउ परिसकेका छन्। पक्रउ परेका उनीहरूले दिएको बयानकै आधारमा नेपाली कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो। स्रोतका अनुसार शेर्पाविरुद्धविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको हो। शेर्पा २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका थिए। यस घटनामा धमाधम हाई प्रोफाइलहरू पक्राउ पर्न थालेपछि शेर्पा भने मोबाइल अफ गरेर सम्पर्कविहीन रहेको बताइएको छ। पक्राउ पुर्जी जारी भए पनि यसै प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझी भने फरार छन्। उनीमाथिको पार्टी सचिवको जिम्मेवारीबाट पार्टीले उनलाई निलम्बन गरिसकेको छ।