Thursday, September 24, 2026
Home मनोरन्जन आयुषले गाए ‘हजार जुनीसम्म’ को गीत (भिडियो सहित)

आयुषले गाए ‘हजार जुनीसम्म’ को गीत (भिडियो सहित)

187

साउन २६,
काठमाडौं– भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा चौथो भएका आयुष केसीले नेपाली फिल्मको गीत गाएका छन् । उनले उदय सोताङ्गको ‘हजार जुनीसम्म’ बोलको हिट गीत गाएर फिल्मका् पाश्र्र गायनमा डेब्यु गरेका हुन् । फिल्मका लागि यो गीत रि–एरेञ्ज गरिएको हो । गीतलाई उदय सोताङले तयार पारेका हुन् । धेरै बाल गायकको स्वर रिजेक्ट गरेका उदयले आयुषले भने आफुलाई खुसी बनाएको बताए । उनले फिल्ममा गीत आफ्नो र आयुष दुवैको स्वरमा रहने खुलाए । निर्माण पक्षले आइतबार गीत समेत सार्वजनिक गरेको छ । गीतमा पवन चाम्लिङ्ग ‘किरण’को शब्द र योगेन्द्र घातानीको संगीत छ ।

उदयको स्वर रहेको गीतमा फिल्म भित्र अभिनेता आर्यन सिग्देल देखिने छन्, भने आयुषको स्वरमा बालकलाकार अनुभव रेग्मीको अभिनय रहने निर्देशक बिकाश आचार्यले जानकारी दिए । गीतले आफ्नो फिल्मी करियरमा निकै महत्व राखेको आयुषले बताए । ‘मैले यो गीत गाउँन पाउनु नै एक किसिमको जीत हो’ आयुषले थपे ।

साउन ३० अर्थात आगामी शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सञ्चिता लुइँटेल , अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ ।