आयुषले गाए ‘हजार जुनीसम्म’ को गीत (भिडियो सहित)

162

साउन २६,
काठमाडौं– भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा चौथो भएका आयुष केसीले नेपाली फिल्मको गीत गाएका छन् । उनले उदय सोताङ्गको ‘हजार जुनीसम्म’ बोलको हिट गीत गाएर फिल्मका् पाश्र्र गायनमा डेब्यु गरेका हुन् । फिल्मका लागि यो गीत रि–एरेञ्ज गरिएको हो । गीतलाई उदय सोताङले तयार पारेका हुन् । धेरै बाल गायकको स्वर रिजेक्ट गरेका उदयले आयुषले भने आफुलाई खुसी बनाएको बताए । उनले फिल्ममा गीत आफ्नो र आयुष दुवैको स्वरमा रहने खुलाए । निर्माण पक्षले आइतबार गीत समेत सार्वजनिक गरेको छ । गीतमा पवन चाम्लिङ्ग ‘किरण’को शब्द र योगेन्द्र घातानीको संगीत छ ।

उदयको स्वर रहेको गीतमा फिल्म भित्र अभिनेता आर्यन सिग्देल देखिने छन्, भने आयुषको स्वरमा बालकलाकार अनुभव रेग्मीको अभिनय रहने निर्देशक बिकाश आचार्यले जानकारी दिए । गीतले आफ्नो फिल्मी करियरमा निकै महत्व राखेको आयुषले बताए । ‘मैले यो गीत गाउँन पाउनु नै एक किसिमको जीत हो’ आयुषले थपे ।

साउन ३० अर्थात आगामी शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सञ्चिता लुइँटेल , अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ ।