खाना खाने पैसा नहुँदा……..यी कलाकार

177

साउन २६,
एजेन्सी– बलिउड अभिनेत्री परिणीती चोपडा आगामी फिल्म ‘जबरिया जोडी’को प्रमोशनमा व्यस्त छिन् । उनले फिल्मको प्रमोशन क्रममा आफ्नो करियरको मुश्किल समयबारे खुलेर कुराकानी राखिन् । उनले आफुसँग पैसा नहुँदा ६ महिना सम्म घरबाट बाहिर ननिस्किएको बताइन् । उनले भनिन्, ‘फिल्म ‘किल दिल’ र ‘दावत–ए–इश्क’ले बक्स अफिसमा राम्रो प्रर्दशन गरेन । मैले एउटा घरमा पैसा लगाएको थिए । त्यतिबेला मेरो सबै पैसा सकिसकेको थियो । यो मेरो जीवनको सबै भन्दा नराम्रो क्षण थियो । आफ्नो जीवनलाई अगाडि बढाउनको लागि मसँग कुनै सकारात्मक चीज थिएन ।’