पशुमा प्राणघातक एन्थ्रेक्स फेला

136
Bubalus bubalis

साउन २६,
सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्षसँगै जोडिएको घाँसे मैदानमा मृतावस्था भेटिएका करिब चार दर्जन गाईगोरुमा मानिसको समेत ज्यान लिन सक्ने प्राणघातक ‘एन्थ्रेक्स’को जीवाणु फेला परेको छ । तीन दिनअघि मृतावस्थामा फेला परेका चौपायाको रगतको नमूना परीक्षणका क्रममा एन्थ्रेक्स फेला परेको हो । ४८ वटा पशु मरेपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणले चौपायामा एन्थ्रेक्सको जीवाणुु फेला परेकाको प्रयोगशालाका प्रमुख डा सञ्जयकुमार यादवले जानकारी दिए । उनले शत्प्रतिशत एन्थे्रक्स नै भएको ल्याब परीक्षणमा देखिएको भन्दै आशङ्का निवारणका लागि मात्रै केन्द्रीय प्रयोगशालामा पठाएको बताए ।

एन्थ्रेक्सविरुद्धको खोप आफूहरुसँग नभएकाले केन्द्रमा जानकारी गराइसकिएको बताउँदै डा यादवले खोप आए पनि लगाउन जोखिम भएको जानकारी दिए । उनले भने, ‘भ्याक्सिन लगाउन पनि जोखिम छ । पशुमा भ्याक्सिन लगाउँदा सिरिञ्चबाट सर्छ । सुई लगाउनेलार्ई पनि यो जीवाणु सर्ने सम्भावना हुन्छ ।’ यादवले यो जीवाणु माटोमा हुने भएकाले यसलाई पहिचान गरेर उपचार गर्न कठिन हुने भन्दै एकै पटक चारदेखि ५०० स्वास्थ्य प्राविधिकलाई परिचालन गरेर उपचार गर्नुपर्ने आवश्यकता औँल्याए । रासस