साउथ अभिनेत्रीको हनिमुनको तस्विर सार्वजनिक हुदाँ

171

कार्तिक २४,
मुम्बई । अभिनेत्री काजल अग्रवाल यतिबेला माल्दिप्स् पुगेकी छन् । हालै गौतम किचलुसँग बिवाह गरेकी अग्रवाल हनिमुन मनाउन त्यहाँ पुगेकी हुन् । काजलले माल्दिभ्सको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । तस्बिरमा काजल रातो कलरको ड्रेसमा बिस्दास मुडमा देखिएकी छन् । काजलले सामुन्द्री किनारमा हट अन्दाज सहित तस्बिरका लागि पोज समेत दिएकी छन् । मिनिमल मेकअप र कानको रिङ्गले उनको हट लुक्सलाई परफेट बनाएको छ ।

एक तस्बिरमा काजलले पतिसँग रोमान्टिक अन्दाजमा पनि खिचाएकी छन् । काजलका तस्बिर सामाजिक संजालमा भाइरल भैरहेका छन् । जसलाई फ्यानले रुचाएका छन् ।
सन् २००४मा अभिनेता विवेक ओबराय र ऐश्वर्या राय अभिनित फिल्म ‘क्या हो गया ना’बाट काजलले अभिनयमा डेब्यु गरेकी थिइन् । यसै बर्ष उनी ‘सिंघम’मा पनि देखिएकी थिइन् ।

काजल हिन्दी फिल्मको अलवा साउथ फिल्ममा पनि आफ्नो पहिचना बनाउन सफल छिन् । साउथ फिल्म उद्योगमा उनले २०० ७मा ‘लक्ष्मी कल्याण’ फिल्मबाट डेब्यु गरेकी थिइन् । उनी तमिल, तेलूगूमा बनेको फिल्म ‘मगाधीर’, ‘आर्या २’, ‘डार्लिङ’,‘ मिस्टर परफेट’, ‘विवेगम’ जस्ता सुपरहिट फिल्ममा काम गरेकी छन् । काजलले गत ३० अक्टुबरमा गौतमसँग विवाह गरेकी हुन् । विवाह समारोह देखि रिसेप्शनसम्मको सबै तस्बिर उनले फ्यानका लागि सार्वजनिक गरेकी थिइन् ।