सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ७० हजार पुग्यो

62

साउन २३,
काठमाडौं । सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो। अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरु यतिबेला सुनतर्फ आकर्षित भएका छन् ।

अन्य क्षेत्रको लगानी राम्रो हुने नदेखिएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी ८ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । फेडेरल रिजर्भ बैंकले ब्याजदर ०.२५ प्रतिशतले कमी गरेको, चीन र अमेरीकाको व्यापार युद्ध, इरान अमेरीकको मुद्दा जस्ता विषयले सुनको मूल्य लगातार उकालो लागेको सुनचाँदी व्यवायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले बताए ।