Friday, October 16, 2026
Home अर्थ घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

44

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार ९४ हजार रुपैयाँ रहेको छापावाल सुन बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको थियो। त्यस्तै, महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँ कायम भएको छ।