Monday, September 28, 2026
Home अर्थ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि निजामति कर्मचारीको १० लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि निजामति कर्मचारीको १० लाख सहयोग

288

साउन ८,
काठमाडौं । वर्षा, बाढी तथा पहिरोपीडित सर्वसाधारणको उद्दार तथा राहतका लागि निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले १० लाख रुपैयाँ सहायत उपलब्ध गराएको छ । युनियनका पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० लाख रुपैयाँ चेक हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमार्फत बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाखको चेक हस्तान्तरण निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष अध्यक्ष पुण्यप्रसाद ढकालले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा युनियन र युनियनमा आवद्ध राष्ट्रिय स्तरका कर्मचारी संघ, संगठनहरुको पहलमा संकलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पीडितलाई राहत दिन हस्तान्तरण गरिएको हो ।

युनियनले विगतमा पनि भूकम्पलगायतका पीडितलाई राहत उपलब्ध गराउँदै आएको अध्यक्ष ढकालले स्मरण गराए ।