प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि निजामति कर्मचारीको १० लाख सहयोग

270

साउन ८,
काठमाडौं । वर्षा, बाढी तथा पहिरोपीडित सर्वसाधारणको उद्दार तथा राहतका लागि निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले १० लाख रुपैयाँ सहायत उपलब्ध गराएको छ । युनियनका पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० लाख रुपैयाँ चेक हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमार्फत बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाखको चेक हस्तान्तरण निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष अध्यक्ष पुण्यप्रसाद ढकालले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा युनियन र युनियनमा आवद्ध राष्ट्रिय स्तरका कर्मचारी संघ, संगठनहरुको पहलमा संकलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पीडितलाई राहत दिन हस्तान्तरण गरिएको हो ।

युनियनले विगतमा पनि भूकम्पलगायतका पीडितलाई राहत उपलब्ध गराउँदै आएको अध्यक्ष ढकालले स्मरण गराए ।