फेसबुकमा अचम्मको नयाँ फिचर अपडेट, जसले तपाईलाई फसाउन सक्छ

424

एजेन्सी, असार २६,
काठमाडौं । फेसबुकमा यदि कुनै फोटोलाई जुम गर्नका लागि दुईपटक ट्याप गर्नुहुन्छ भने तपाईंले अब सोच्नुपर्ने बेला भएको छ । किनभने फेसबुकले इन्स्टाग्राममा भएको फिचर अब फेसबुक एपमा सुरु गरेको छ । यसको घोषणा कम्पनीले पछिल्लो महिना नै गरेको थियो तर अब प्रयोगकर्ताले यो नयाँ फिचर प्राप्त गर्न थालेका छन् ।

वास्तवमा, फेसबुकको आइओएस एपमा अब कुनै फोटोलाई डबल ट्याप गर्दा लाइक हुने फिचर आइसकेको छ । इन्स्टाग्राममा निकै अघिदेखि यो फिचर छ । कुनै फोटोलाई लाइक गर्दा तपाईंले डबल ट्याप गर्नुपर्ने हुन्छ । यदि तपाईं पनि कुनै प्रयोगकर्ताको फोटो जुम गर्नका लागि डबल ट्याप गरिरहनुभएको छ भने अब यो लाइक मानिनेछ ।