Sunday, September 27, 2026
Home प्रवास भारतको बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु

भारतको बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु

111

एजेन्सी, असार २६
काठमाडौं । भारतको बैंगलोरमा भवन भासिँदा तीन जना नेपालीको मृत्यु भएको छ। मंगलबार राति २ बजे भएको घटनामा बझाङको थलारा गाउँपालिका–२ बगाडाका एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो। घटनामा ज्यान गुमाउनेमा बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्का छन्।

पार्किङसहितको भुइँतलामा खड्का परिवारको बसोबास थियो। भासिएको भवनबाट १२ घण्टापछि शव निकालिएको मृतकका परिवारले बताएका छन्। तीनै जनाको शव बओरिङ अस्पतालमा पोस्टमार्टम गरिएको छ। ज्यान गुमाउने अन्य दुईजना भारत बिहारका रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। घटनामा ७ जना घाइते छन्।