Wednesday, September 23, 2026
Home अर्थ मलाई प्रविधिमा आधारित बैंकिङमाथि अझै विश्वास छैन

मलाई प्रविधिमा आधारित बैंकिङमाथि अझै विश्वास छैन

145

असार १७,
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ प्रविधिको प्रयोगले वित्तीय क्षेत्रमा चुनौती बढाइरहेको बताएका छन्। नयाँ प्रविधि र आर्टिफिसिएल इन्टेलिजेन्सले वित्तीय क्षेत्रमा नयाँ समस्या सिर्जना गरिरहेको भन्दै मन्त्री खतिवडाले यसले भविष्यमा अझै चुनौति बढाउने उल्लेख गरे। ‘म आफैँ पनि नेपालको केन्द्रीय बैंकमा २५ वर्ष काम गरेँ, तर अझै पनि मलाई प्रविधिमा आधारित बैंकिङ प्रणालीमाथि पूर्ण विश्वास छैन,’ मन्त्री खतिवडाले भने, ‘यसका भुक्तानी विधि, विद्युतीय कारोबारलगायतका विषयमा प्रभावकारी नियमन हुन आवश्यक छ।’

अर्थमन्त्री खतिवडाले वित्तीय क्षेत्रमा सम्पत्ती शुद्धीकरणलगायतका मुद्दा अझै पेचिलो बनिरहेको पनि उल्लेख गरे। ‘जानेर नजानेर मान्छेहरु सम्पत्ती शुद्धीकरणका विषयमा परिरहेका छन्,’ उनले भने, ‘बाह्य मात्रै होइन, आन्तरिक कारोबार पनि कानुनका दृष्टिकोणबाट उपयुक्त नदेखिने गरी भइरहेका छन्।’ नेपाल राष्ट्र बैंकमा आफू गभर्न हुँदा सम्पत्ती शुद्धीकरणका धेरै विषय सामना गर्नुपरेको भन्दै उनले अझै पनि केही विषय बाँकी नै रहेको उल्लेख गरे।