नेप्से ८ अंकले घट्दा कारोबार रकम बढ्यो

151

असार २३,
काठमाडौं । नेप्से ८.७० अंकले घटेर १,२४७.३५ अंकको बिन्दुमा कायम भएको छ । हाइड्रोपावर र म्युचल फण्ड बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्सको ६४ अंकले घटेको छ । दिनभरिमा १ सय ७१ वटा कम्पनीको २९ लाख १० हजार १ सय ५३ कित्ता शेयर ७ हजार २ सय ४४ पटक खरिदविक्री हुँदा ५९ करोड १० लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंक प्रोमोटर शेयरको ११ कारोड रुपैयाँको कारोबार भएको छ ।

सिभिल बैंक र साल्ट्र ड्रेडिङको ३ करोडमाथिको कारोबार भउको छ । प्रभु बैंक र नेपाल बैंकको २ करोडमाथिको कारोबार भएको छ । सेञ्चुरी कमर्सियल बैंक, मेगा बैंक, गरिमा विकास बैंक प्रोमोटर शेयर, एनसीसी बैंक र कुमारी बैंकको १ करोडमाथिको कारोबार भएको छ । इन्फिनीटी लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् ।