Tuesday, September 22, 2026
Home खेलकुद पारस खड्काको कप्तानीमा विश्वकपको एसिया छनौटका लागि २५ सदस्य टोली घोषण,(नाम...

पारस खड्काको कप्तानीमा विश्वकपको एसिया छनौटका लागि २५ सदस्य टोली घोषण,(नाम सहित)

189

असार ३,
काठमाडौँ । सिंगापुरमा हुने विश्वकपको एसिया छनौटका लागि हुने प्रतियोगिताका लागि नेपाली खेलाडी छनौट भएका छन् । पारस खड्काको कप्तानीमा रहने २५ सदस्यीय टोली छनौट गरेको आईसीसीले जनाएको छ ।

टोलीमा अविनास बोहरा, अमृत श्रेष्ठ, बसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरि, ज्ञानेन्द्र मल्ल, जीतेन्द्रकुमार मुखिया, करण केसीको टोली छ ।

त्यस्तै टोलीको अन्य सदस्यहरुमा कुशल भुर्तेल, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शेहव आलम, शरद भेषवाकर, सोमपाल कामी, सुदिप जोरा र सुशान भरी रहेका छन् ।

यो टोलीले आगामी जुलाई २० देखि २८ सम्म सिंगापुरमा हुने प्रतिस्पर्धामा सहभागिता जनाउने छन् । यो प्रतिस्पर्धामा सहभागिता जनाउनका लागि आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, नेपालका मुख्य प्रशिक्षक उमेश पटवाल र नेपाली टोलीका राष्ट्रिय कप्तान पारस खड्काको टोलीले छनौट गरेको थियो । छनौटमा परेका खेलाडीलाई आगामी जुन २० देखि बन्द प्रशिक्षण सञ्चालन हुनेछ ।