कर्णाली नदीमा जीप खस्दा गाउँपालिकाका उपाध्यक्ष सहित १५ जना वेपत्ता

51

असार ३,
सुर्खेत । कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा यात्रुबहाक जीप दुर्घटना भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमाल सहित १५ जना भन्दाबढी सवार थिए ।
सहायक प्रजिअ पोखरेलले खार्पु मन्दिरबाट गाउँपालिकाको सदरमुकाम जाँदै गरेको लु.१.क. ७१६६ नम्वरको बोलेरो जीप बेलरुख नजिकैबाट १२ः४५ बजे कर्णाली नदीमा खसेको बताए।नदीमा खसेको जीपको खोजी भइरहेको छ। उद्दारका लगि सदरमुका सिमीकोटबाट पाँच वटा हेलिकोप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई घटनास्थलमा पठाइएको छ । थप जानकारी आउन बाँकी छ।