आज पनि २ अंकले घट्यो नेप्से

82

जेठ ३०,
काठमाडौँ । शेयर बजारमा आज पनि नेप्से २.९२ अंकले घटेको छ। सो अंक घटेसंगै नेप्से १२६९.५५ अंकमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि ०.५४ अंकले घटेर ०.२० अंकमा कायम भएको छ। आज जम्मा ११ उपसमूहको कारोबार भएकोमा १० उपसमूह घटेका छन् भने होटेल्स उपससमूहमात्रै ४.१९ अंकले बढेको छ।

बैंकिङ २.०९, बिकास बैंक ३.०७, हाइड्रो पावर ५.९३, फाइनान्स ५.१२, निर्जीवन बीमा २३.१८, उत्पादन १८.२७, अन्य ०.३१, माइक्रो फाइनान्स २.८५जीवन बीमा १४.७२ अंकले घटेका छन् भने सामूहिक कोष रातो रंकमा कायम छ। आज सबै भन्दा बढी नाफा कमाउनेमा आँखुखोला जलबिद्युत आयोजनाका लगानीकर्त रहे भने सबै भन्दा बढी गुमाउनेमा पुर्डेन्सियल कम्पनीका लगानीकर्ता रहे।