Friday, September 25, 2026
Home अर्थ पुनर्निर्माणका लागि भारतले दियो नेपाललाई एक अर्ब ६० करोड

पुनर्निर्माणका लागि भारतले दियो नेपाललाई एक अर्ब ६० करोड

76

जेठ २७,
काठमाडौँ । भारतले पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब ६० करोड हस्तान्तरण गरेको छ। सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई भूकम्पपछिको पुनर्निर्माणको लागि एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन्।

उक्त रकम नुवाकोट र गोरखा जिल्लाका निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने छ। यसअघि सन् २०१८ मा भारत सरकारले पुनर्निर्माणको लागि २ अर्ब १० करोड र ८० करोड सहयोग गरेको थियो।