कांग्रेसद्धारा गुठी विधेयकक फिर्ता लिन माग गर्दै संसद बैठक अवरोध

262

जेठ २७,
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसले गुठीसम्बन्धी विधेयकको विषयलाई लिएर विरोध जानएको छ । बैठकको सुरु हुनेबित्तिकै कांग्रेस सांसद उठेर संसदको काम कारवाही अवरोध गरेका थिए । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार माइतिघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरेका प्रदर्शनकारीलाई प्रहरीले धरपकड गरेकोमा आपत्ति जनाउनुभयो । उहाँले प्रधानमन्त्री ओली धर्म प्रचारक संस्थाको पछि लागेर सम्मान खाँदै गरेकोमा पनि आलोचना गर्नुभयो ।

खाँणले गुठी विधेयककले धर्म, संस्कृतिमाथि प्रहार गरेको बताउनुभयो । उहाँले सरकारले मानवअधिकारबादी विधेयक ल्याएकाले पनि कांग्रेसले विरोध गरेको जनाउनुभयो । सरकारले संसदमा दर्ता गरेको विधेयक संसद पुगेको छैन । खाँणले शान्तिपूर्ण आन्दोलन गर्न पाउने नागरिक हकको सुनिश्चित गर्न पनि माग गर्नुभयो । उहाँले आइतबार भएको वर्वरतापूर्ण घटनाको छानबिन गरी कारवाही गर्नसमेत माग गर्नुभयो । त्यसअघि नै बसेको राष्ट्रियसभाको बैठकमा पनि कांग्रेस र राजपाले अवरोध गर्दा केही समय बैठक स्थगित भएको थियो ।

कांग्रेसको अवरोधपछि भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले विधेयकलाई केही सामान्य संशोधनमात्र गरिएको बताउनुभयो । उहाँले यसअघि नै बनाइएको विधेयक भएकाले कसैले पनि सबै बिग्रियो कि भनेर आपत्ति मान्नुनपर्ने समेत प्रष्ट पार्नुभयो । मन्त्रीको जवाफपछि पुनः कांग्रेस सांसदहरु उठेर विरोध गरेका थिए । कांग्रेस सांसद पुष्पा भुसालले सभामुख कृष्णबहादुर महराले सदनको काम कारवाही चलाउन नसकेको आरोप लगाउनुभयो । भुसालले विधेयकले गुठियारलाई चित्त बुझाउन नसकेको बताउनुभयो ।

उहाँले आन्दोलनकारीको आवाजलाई सम्बोधन गर्ने गरी जवाफ दिन पनि सरकारसँग माग गर्नुभयो । भुसालले गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । गृहमन्त्रीको जवाफ नआइकन संसद चल्न नदिने अडान राखेको छ ।