करिब ५ करोड रकम ठगी गर्ने एसिया मेडिकेयर हस्पिटलका संचालक पक्राउ

135

जेठ २७,
पर्सा । करिब ५ करोड ७७ लाख रुपैयाँ ठगी गरी फरार रहेका वीरगंज छप्कैयास्थित एसिया मेडिकेयर हस्पिटल प्रालिका संचालकलाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका(२ बस्ने बारा कलैयाका २८ वर्षीय सुरज कुमार सर्राफलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । विभिन्न मितिमा व्यक्ति तथा संस्थासँग उक्त रकम ठगी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।