Thursday, November 26, 2026
Home राजनीति नेकपाले सामूहिक नेतृत्व प्रणाली अपनाउने

नेकपाले सामूहिक नेतृत्व प्रणाली अपनाउने

3

काठमाडौं– धमेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नयाँ बहुमत) ले सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्ने भएको छ ।
नेकपा बहुमत र नेकपा जनपक्षबीच एकता भई नेकपा ( नयाँ बहुमत) पुनर्गठन गर्दै सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्ने निर्णय गरिएको संयोजक धमेन्द्र बास्तोलाले जानकारी दिए ।

दुई पार्टीबीचको एकतापछि काठमाडौंमा बसेको पूर्णता बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नवगठित नेकपा (नयाँ बहुमत)का संयोजक बास्तोलले पद केन्द्रित नेतृत्व प्रणालीको अन्त्य गरी वास्तविक बिचार केन्द्रित सामूहिक नेतृत्व प्रणाली अवलम्बन गरिएको जानकारी दिए ।

उनले देशमा व्यापक रोजगारीको अवसर सृजना हुने गरी तत्काल ठोस कदम चाल्न सरकारलाई दबाब दिने बताए । उनले माध्यामिक तहसम्मको शिक्षा निःशुल्क, नागरिकलाई आधारभूत स्वास्थ्य उपचार निःशुल्क हुुनुपर्ने र प्रत्येक नागरिकलाई रोजगारीको हकको व्यवस्था संविधानको मौलिक हकमा नै भएकाले त्यसको तत्काल कार्यान्वयन गर्न पनि सरकारलाई सचेत गराए ।