काठमाडौं । नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित समुदायमा सूचीकृत गर्ने नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाउँदै नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले नेउक्त निर्णय तत्काल खारेज गर्न माग गरेको छ । राजधानी प्रदेश कमिटीका अध्यक्ष नारायण सिलवालद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले २०८३ असोज ८ गते नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित सूचीकरण गरी नेपाल राजपत्रको भाग ५, खण्ड ७६, संख्या ३६ मा प्रकाशित गरेको निर्णयप्रति नेवार समुदायले विरोध जनाउँदै सूचीबाट हटाउन माग गरिरहेको उल्लेख छ । विज्ञप्तिमा नेवार समुदायका जातीय परम्परा, भाषा, मातृभाषा र संस्कृतिलाई अवमूल्यन गर्ने गरी सरकारले गरेको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको घोर भर्त्सना गरिएको छ ।














