Monday, September 28, 2026
Home अर्थ अब इसेवाबाट मेरो शेयर र डिम्याटको शुल्क तिर्न सकिने

अब इसेवाबाट मेरो शेयर र डिम्याटको शुल्क तिर्न सकिने

99

जेठ ३,
काठमाडौँ । मेरो सेयर तथा डिम्याटको शुल्क इसेवाबाटै तिर्न सकिने भएको छ। डिम्याट तथा मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यताबाट मुक्ति मिल्ने छ। ग्राहकले आफ्नो मोबाईलबाटै शुल्क भुक्तानी गर्न सकिनेछ। इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकका इसेवाका एजेन्ट नेटवर्कबाट शुल्क भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। हालसम्म १७ वटा क्यापिटल तथा ब्रोकर कम्पनी इसेवामा आबद्ध भइसकेका छन्।इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५४ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। मोबाईल एप्स्बाट मात्र इसेवा मार्फत कारोबार गर्नेहरू दश लाख भन्दा बढि पुगेका छन्।