विद्युतीय सामग्री खरिद बिक्रीको लागि भक्तपुर गन्तव्य बन्दै

199

असोज १६,
केके मानन्धर
भक्तपुर । भक्तपुरको सल्लाघारी चोकमा टिभी प्वाइन्टले एलजी कम्पनीको ‘एक्सक्लूसीभ ब्राण्ड सप’ सन्चालनमा ल्याएको छ । दुई दशक यतादेखि विद्युतीय सामग्री बिक्री वितरण गर्दै आएको टिभी प्वाइन्टले बडा दशैंको मुखमा जिल्ला मै आकर्षण ब्राण्ड सप शुरु गरेको हो । साधारणतया यस्ता आकर्षक ब्राण्ड सप राजधानी काठमाडौंमा मात्र सन्चालित थियो । पछिल्लो समय भक्तपुरमा पनि निश्चित कम्पनीका ब्राण्ड सप सन्चालन हुनुले जिल्लालाई विद्युतीय सामग्री कारोबारको मुख्य गन्तव्यको रुपमा विकास गरेको छ । ‘भक्तपुर जिल्लालाई विद्युतीय सामग्री खरिदबिक्रीको गन्तव्य बनाउने हाम्रो उद्देश्य हो ।’ ब्राण्ड सपका सन्चालक न्हुछे मानन्धरले जानकारी दिए । विशेषगरी कोटेश्वरदेखि सूर्यविनायक सम्मको छ लेनको सडक तथा खुल्ला पार्किङले भक्तपुरलाई पछिल्लो समय विद्युतीय सामग्री कारोबारको गन्तव्य बनाएको छ ।

‘काठमाडौंको न्यूरोड तथा अन्य सीमित ठाउँमा मात्र देख्न सकिने यस्ता विद्युतीय सामग्रीका आकर्षण ब्राण्ड सपलाई हामीले भक्तपुरमा पनि शुरु गर्न सफल भयौं ।’ अर्का सन्चालक चन्द्र श्रेष्ठले जनाए ।
अत्याधुनिक प्रविधिमा निर्मित इलेक्ट्रोनिक्स सामग्री अन्तर्गत घरायसी कामकाजमा प्रयोग हुने वासिङ मेसिन, डीस वासर, स्मार्ट टिभी, रेफ्रिजेरेटर लगायतका सामग्री ब्राण्ड सपमा खरिद गर्न सकिनेछ ।
मध्यपुर थिमिको बाहाखा बजार, शंखधर चोकमा टिभी प्वाइन्ट नाउँले होम एपिलियन्स शो रुप सञ्चालन गर्दै आएका उनीहरुले सल्लाघारीमा भने थप नयाँ ब्राण्ड सप शुरु गरेका हुन् । नयाँ पसलमार्फत ग्राहकलाई दशैंको अवसरमा छुट तथा विशेष उपहारको व्यवस्था गरेको छ । आधुनिक र आकर्षक ब्राण्ड सपलाई लायन्स क्लब अफ इन्टरनेसनल ३२५ ए२ का डिस्ट्रिक गभर्नर सुदर्शनधर प्रधानाङ्ग र पूर्वगभर्नर केपी अवालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।