फेवातालबाट केवलकार चढेर सराङकोट जान पाइने

262

पोखरा । अन्नपूर्ण केवलकार प्रालीले फेवातालबाट सराङकोटसम्म जोड्ने गरी केवलकार बनाउने घोषणा गरेको हो । पोखराको फेवातालदेखि सराङकोटसम्म केवलकार बन्ने भएको छ । २ हजार २ सय ७५ मिटर लम्बाई रहेको यो ठाउँमा ७ मिनेटमै पुग्ने गरी केवलकार निर्माण गरिने कम्पनीले बताएको छ । पामे साइडको फेवाताल सेदीबगरमा स्टेशन राखेर केवलकार निर्माण गर्ने लक्ष्य राखिएको केलरबारको अन्नपूर्ण केबलकार प्रालीका अध्यक्ष कालु गुरुङले बुधबार शिलान्यास समेत गरेका छन् । यसमा गुरुङसहितका नेपाली व्यवसायीहरुको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीय जनताको १० प्रतिशत लगानी छ । curen_tar_kebal_car_nepalकरिब १ अर्बको लागतमा डेढ वर्षमा केबलकार निर्माण भइसक्ने अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङले जानकारी दिए । २ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा १३ वटा टावर रहने रोप(वे नेपालका अध्यक्ष एवम् इञ्जिनियर गुणराज ढकालले जानकारी दिए । उनका अुनसार १७ वटा डब्बाबाट सेवा सञ्चालन गरिने र यात्रुको संख्या बढ्दै गएमा ३५ वटासम्म डब्बा केबलमा राख्न सकिन्छ । एउटा डब्बामा ८ जनाले यात्रा गर्न सक्छन् भने १७ डब्बाबाट प्रति घण्टा ५ सय जनालाई सेवा दिन सकिने ढकालले बताए । उनका अनुसार ७ देखि ९ मिनेटमा सेतीबगरबाट सराङकोट पुग्न सकिन्छ । हाल ट्याक्सीमा जाने हो भने पनि लेकसाईडबाट सराङकोट पुग्न करिब ४५ मिनेट लाग्छ । सराङकोट र सेतीबगरमा स्टेसन राख्नका लागि प्रालीले जग्गा खरिद गरिसकेको छ भने वन क्षेत्रमा पर्ने २४ रोपनी जग्गाको सट्टाभर्ना भइसकेको छ । सरकारले ४० वर्षका लागि लिजमा उक्त जग्गा उपभोग गर्न स्वीकृति दिएको छ ।