जेठ १६,
काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटले आफू निरास भएको प्रतिक्रिया दिए। सफल अर्थमन्त्रीको पहिचानसमेत बनाएका भएका उनले बजेटले विकास र समृद्धितर्फ जाने जनताको अपेक्षालाई सम्बोधन गर्न नसक्ने स्पष्ट पारे। संयोजक भट्टराईले प्रदेश र स्थानीय तहमा एक चौथाईभन्दा पनि कम बजेट विनियोजन गरेर सरकारले गम्भीर त्रुटि गरेको दाबी समेत गरे। मंगलबार सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रतिक्रिया दिँदै संयोजक भट्टराईले बजेट नयाँ उडान भर्नेगरी नआएको दावी गर्दै त्यसले सरकारलाई अप्ठयारोमा पार्ने तर्क गरे।