कविताः आन्दोलनको खेती मौलाउदै छ रे

768

– भावना घिमिरे
नेपालमा आन्दोलनको खेती मौलाउदै छ रे ।
कहिले लोकतन्त्र कहिले राजतन्त्र भन्दै जनता बौलाउदै छन् रे ।
घाइते जनता हेरि सरकार आफै टोलाउदै छरे ।
रगताम्य छन आफ्ना सन्तति
नेपाल आमाको आखाबाट आशु झोलाउदै छ रे ।
स्वच्छ सुन्दर हिमाल, पहाड बनजङ्लको देश हाम्रो निमिट्यन्न पार्ने दाउपेचमा पापीष्टले बिष घोलाउदै छ रे ।
धर्मराएक छन अग्ला पहाड लर्बराएका छन झरना खोला, सुसेल्न सक्दैनन् न्याउरी कोहिली, अर्ध चेत भै टोलाएका छन रे ।
भत्किएका छन भिर पाखाहरु, उजाडिएका छन गुफाहरु, निशब्ध छ सगरमाथा अन्यया गरेको छ प्रकृतिले पनि उघार्न सक्दैन स्वयम्भुको आखा लोलाउदै छन रे ।।
-बिराटनगर