Wednesday, October 28, 2026
Home राजनीति एमालेको बैठको यस्तो निर्णय

एमालेको बैठको यस्तो निर्णय

244

चैत ८,
काठमाडौं । नेकपा एमालेको आज बिहान बसेको स्थायी समिति बैठकले आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा तीन वटा निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले बैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचन हुन नदिने गतिविधिप्रति सजग रहँदै निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ । निर्वाचनका सन्दर्भमा उठिरहेका आशंका हटाउँदै निर्वाचनको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण । निर्वाचनका सबै कार्यलाई तीब्रताका साथ अगाडि बढाउन निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको छ ।
निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेको सन्दर्भमा सरकारका तर्फबाट आचारसंहिताविपरीत बजेटको विनियोजन गर्ने, पूर्वाग्रहपूर्ण ढंगले कर्मचारीको सरुवा, बढुवा तथा पदस्थापन गर्नेजस्ता कार्य रोक्न सरकारसँग माग गर्नुका साथै आचारसंहिताविपरीत क्रियाकलापको कडाईका साथ अनुगमन गर्न आयोगको ध्यानाकर्षण गरेको छ ।
संविधान संशोधनका सन्दर्भमा पार्टीको अडान कायम राख्दै एमाले स्थायी समितिको बैठकले पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा ९ राजनीतिक दलबीच छलफल गरेर एकीकृत धारणा बनाउने समेत निर्णय गरेको एमाले नेता योगेश भट्टराईले जानकारी दिए ।