कविताः यो धर्तीमा

187

-जानु काम्बाङ्ग लिम्बू,

देउराली माथिको
सिङ्ग्जाङ्गो फ़ूङ्ग झैँ
फूल्दै, झर्दै, मर्दै, पलाउँदै
अनेक घाम पानी,
झरि बादल, हुरी बतास र
बर्सात सहेर
दुई दिन मृत्यू छल्ने
असफल प्रयाश गर्दै
उभिनु छ यो धर्तिमा ।

त्यो दुई भित्रै
फूल्नु छ, फल्नु छ
रुप फेरि फेरि
नयाँ नयाँ पालुवा भै पलाउनू छ
रंग फेरि फेरि फ़ुल्नू छ
बादल जस्तो टुक्रै टुक्रा भएर फाट्नु छ
कहिँ कतै नयाँ नयाँ सम्बन्धमा जोडिनु छ
मृत्युले कोरेको बालुवामा
कयौं सपना सजाएर
दुई दिन रमाउनु छ……..यो धर्तीमा ।

ताप्लेजुङ्ग, हालः युके ( अक्सफोर्ड)