बीबीसी । जुलाई महिनामा दिल्लीको जन्तरमन्तरस्थित विरोध प्रदर्शन स्थलमा खुसीयाली छाएको थियो। सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको खबर सार्वजनिक भएसँगै जेनजी युवाहरूको आन्दोलनले उनलाई पद छाड्न बाध्य बनाएको थियो।
गर्मीयाममा भारतमा असन्तुष्टिको नयाँ लहर देखिएको थियो। युवाहरूमा गहिरिँदै गएको निराशा र सामाजिक सञ्जालमा फैलिएको व्यङ्ग्यात्मक तथा विद्रोही शैलीको हास्यले उक्त आन्दोलनलाई थप ऊर्जा दिएको थियो। तीन महिनाभन्दा केही बढी समय बितिसक्दा परिस्थितिको माहौल नाटकीय रूपमा बदलिएको छ। अहिले विद्यार्थी प्रदर्शनकारीहरूलाई भेला हुनसमेत कठिन भइरहेको छ। गत महिना मतदानको अधिकारको माग गर्दै जेनजी नेतृत्वको कक्रोच जनता पार्टी सीजेपीले गरेको प्रदर्शनमा व्यापक प्रतिबन्ध लगाइयो र हजारौँ शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई हिरासतमा लिइयो।
सत्तारुढ भारतीय जनता पार्टी ९बिजेपी० का राष्ट्रिय प्रवक्ता सैयद जफल इस्लामले सरकारमाथि अत्यधिक बल प्रयोग गरेको आरोप अस्वीकार गर्दै बीबीसीसँग भने, ूविरोध प्रदर्शन गर्ने अधिकार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति संविधानले गरेको छ। तर यी अधिकारहरू कानुनको दायराभित्र रहेर प्रयोग गरिनुपर्छ। सार्वजनिक सुरक्षाको मूल्यमा अरूको अधिकारलाई बेवास्ता गर्दै ती अधिकार प्रयोग गर्न मिल्दै मोदी सरकारले ठूलो स्तरका विरोध प्रदर्शनहरूको सामना गरेको यो पहिलो पटक भने होइन। तर सेन्टर फर पोलिसी रिसर्चकी पूर्वअध्यक्ष तथा ब्राउन विश्वविद्यालयकी भिजिटिङ प्रोफेसर यामिनी अय्यरका अनुसार यी प्रदर्शनको व्यापकता बिजेपीका लागि चुनौती बनेको छ।














