माई खोला हाइड्रोपावर आइपीओ निष्कासन गर्दै

33

काठमाडौँ । माई खोला हाइड्रोपावरले भोलि (विहिबार)देखी साधारण सेयर (आइपीओ)निष्कासन गर्ने भएको छ । कम्पनीले भोलि फागुन २५ गते आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो।

कम्पनीले इलाम जिल्लाका स्थानीयलाई जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १०५ अर्थात् ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता सेयर बिक्री खुला गर्न लागेको छ। यस्तै, कम्पनीले सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १०५ अर्थात् १ लाख ५२ हजार ९४१ कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यसमा चैत ९ गतेसम्म आवेदन दिन सकिनेछ। यद्यपि, स्थानीयले भने उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २४ गतेसम्म सेयर भर्न पाउनेछन्। तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ।

यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ। यस आइपीओमा स्थानीयले प्रभु बैङ्क, सेन्चुरी बैङ्क तथा प्राइम कमर्सिल बैङ्कको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्। यस्तै, बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौँ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी-आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।