बढ्यो सुनको मूल्य, तोलामा कति ?

53

काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँमा कायम भएको छ ।

शुक्रबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।