बीमा कम्पनीको बोनस दर सार्वजनिक

453

६ चैत, काठमाडौं ।
९ वटा जीवन बीमा कम्पनीमध्ये एशियन लाइफ इनस्योरन्स गुराँस लाइफ इनस्योरेन्स नेपाल लाइफ इन्सोरेन्स मेट लाइफ इन्स्योरेन्स लाइफ इन्स्योरेन्स कर्पोरेशनको नयाँ बीमा बोनस दर सार्वजनिक गरिएको छ । कम्पनीका ग्राहकले २०७२/७३ को लागि पाउँने बोनस दर सार्वजनिक भएको हो ।
एशियन लाइफ इन्स्योरेन्स
एशियन लाइफ इन्स्योरेन्सका ग्राहकले न्युनत्तम ३५ देखि ८२ सम्म बोनस दर पाउँने भएका छन् । यसअघि कम्पनीले अधिकत्तम ८० रुपैयाँसम्म बोनस दर दिदै आएको थियो । कम्पनीले सावधिक र आजीवन बीमा अन्तरगत २५ वर्ष वा सोभन्दा माथी अवधिको योजनामा ८२ प्रतिशत बोनस दर तोकेको हो ।
गुराँस लाइफ इन्स्योरेन्स
गुराँस लाइफ इन्स्योरेन्सले आव २०७१/७२ मा बीमा योजना अनुसार न्युनत्तम ३२ देखि ७० प्रतिशत बोनस दर घोषणा गरेको थियो । तर आव २०७२/७३ को लागि २९ देखि ७६ प्रतिशतसम्म बोनस दर तय गरेको छ । सावधिक जीवन बीमा अन्तरगत २५ वर्ष वा सोभन्दा माथी अवधिको योजनामा ७६ प्रतिशत बोनस दर तोकेको हो । यता नगद फिर्ता योजनामा भने यसअघि न्युनत्तम ३८ देखि ४२ प्रतिशत बोनस दिएको कम्पनीले २९ देखि ३४ प्रतिशत तोकेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स
केही वर्षदेखि सबैभन्दा धेरै बोनस दिदै आएको नेपाल लाइफलाई यसपटक भने एशियन लाइफले चुनौती दिएको हो । नेपाल लाइफले यसवर्षपनि अघिकत्तम ८२ प्रतिशत बोनस दर तोकोको छ । कम्पनीले न्युनत्तम भने ६२ बोनस दर दिएको छ ।
मेट लाइफ इन्स्योरेन्स
मेट लाइफ इन्स्योरेन्सका ग्राहकले भने पुरानै दर अनुसार २०७२/७३ मा पनि बोनस पाउँने भएका छन् । कम्पनीले योजना अनुसार न्युनत्तम ३५ देखि ६० प्रतिशतसम्म बोनस दर तोकेको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन
लाइफ इन्स्योरेन्स कर्पोरेशनले आव २०७२/७३ मा पनि योजना अनुसार ६१ देखि ७५ सम्म बोनस दर दिने भएको छ । सावधिक जीवन बीमा (जीवन आनन्द योजना सहित) मा २५ वर्ष वा सोभन्दा माथीको अवधिमा ७५ प्रतिशत बोनस दर दिने भएको हो ।