भक्तपुरको ताथलीमा प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता हुँदै

14

भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा हुने बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता ताथलीमा हुने भएको छ । नगरकोट भ्रमण वर्ष(२०८२ लाई लक्षित गरि यही पुष २० गते ताथलीको ताथली फाँटमा सो प्रतियोगिता हुने भएको हो ।
आयोजक समित र व्यवस्थापन समितिले त्यसको तयारी ब्यापक बनाएको छ । चाँगुनारायणको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजित धिमे बाजा प्रतियोगिताको तयारी तीब्र बनाइएको नगरपालिकाले जनाएको छ । त्यसका लागि चाँगुनारायण नगरपालिकावडा नं। ९ का वडा अध्यक्ष गणेश त्यातको संयोजकत्वमा प्रतियोगिता समन्वय समिति गठन गरिएको छ । प्रतियोगिताको अहिले फाराम लागि खुल्ला गरिसकिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले १५ गतेभित्र दर्ता गरिसक्नुपर्नेछ । नगरपालिकाका प्रशासन अधिकृत सुरज पौडेलका अनुसार प्रति दर्ता शुल्क १ हजारसहित ईमले मार्फत पनि दर्ता फाराम पठाउन सकिनेछ ।

प्रतियोगितामा नेवारी खाजा तथा खाना फेस्टिभल विशेष आर्कषकको रुपमा रहनेछ भने विजेतालाई नगद् ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमे बाजा, २ थान भुछ्या र सिछ्या, द्वितीयलाई रु. २५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सिछ्या १ थान, तृतीय : रु. १०,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सान्त्वना : रु. ५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान, उत्कृष्ट प्रस्तुति (निर्णायक छनोट): धिमय् बाजा १ थान, उत्कृष्ट छैटौ देखि १० औं स्थानसम्म : भुछ्या १-१ थान र सहभागी प्रत्येकलाई मायाको चिनोको व्यवस्था गरिएको छ ।

Share this: