वागीश्वरी कलेज प्राध्यापक समाजमा दाहाल अध्यक्ष

351

चैत ५,
भक्तपुर । प्राध्यापक समाज वागीश्वरी कलेज इकाई समितिको आयोजनामा शनिवार कलेजका प्राध्यापकहरुको भेला गरी वागीश्वरी कलेज इन्चार्ज ग्याहेन्द्र प्रसाद दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रममा वागीश्वरी कलेज व्यवस्थापन समितिका सदस्य सुशिला कर्माचार्यले देशको समाजिक, साँस्कृतिक, आर्थिक तथा राजनीतिक रुपमा समाज परिवर्तनका लागि प्राध्यापक समाजको आवश्यकता भएको स्पष्ट पार्दै कुनै पनि क्षेत्रमा लैङ्गिक रुपमा महिला प्राध्यापकहरुलाई पनि विभेद नगरी स्थान दिनुपर्ने बताए । कलेजका प्राचार्य धनकुमार श्रेष्ठले हरेक प्राध्यापकको व्यक्तिगत कुरालाई संस्थागत रुपमा लानसके मात्र त्यसको महत्व हुने भएकोले प्राध्यापक समाजको आवश्यकता रहेको बताए । वागीश्वरी मा.वि.का प्राचार्य कृष्णप्रसाद धन्छाले देशले निकास नपाएको समयमा प्राध्यापक तथा बुद्धिजिवीहरुले निकास दिने औल्याउनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न बुद्धिजिवीको महत्वपूर्ण स्थान हुने बताउँदै समाजले विश्वास गर्ने र पत्याउने व्यक्ति प्राध्यापक तथा बुद्धिजिवी हुने भएकोले हरेक क्षेत्रमा प्राध्यापकको योगदान अतुलनिय हुने व्यक्त गर्नुभयो । साथै उहाँले वागीश्वरीको राम्रो छवी बनाउन प्राध्यापक र जनप्रतिनिधिको महत्वपूर्ण योगदानको कदर गरेका छन् ।
नेपाल प्राध्यापक समाज, वागीश्वरी कलेजका पूर्वअध्यक्ष तथा कार्यक्रमका सभापति ज्ञानसागर प्रजापतिले संगठित शक्ति भएमा समाज र देशका लागि निर्णायक सावित बन्ने भएकाले प्राध्यापक समाजको आवश्वयता भएको बताउँदै प्राध्यापकहरुको पेशागत हक हितका लागि समेत यसको आवश्यकता औल्याए । स्थानीय निर्वाचनमा आ आप्mनो क्षेत्रबाट राजनैतिक रुपमा सचेत पार्न यसको ठूलो भूमिका हुने बताए । भेलाबाट सचिवमा राजन चौगुठी, कोषाध्यक्षमा सुशिला कर्माचार्य, सदस्यहरुमा भानुभक्त हुमागाई, सुन्दर राजचल, मुरज दिदीया, शिवबहादुर खुलीमुली, जगनाथ खतिवडा, बद्री उप्रेती, नवीन प्रजापति, रविन्द्र किवानायो, सूर्य भण्डारी, इन्द्र बहादुर फोंजू र एक महिला मनोनित गर्ने गरी विधान बमोजिम पन्ध्र सदस्यीय प्राध्यापक समाज, वागीश्वरी कलेज इकाई समिति गठन गरेको छ ।